दमक/ नेकपाका सांसद नवराज सिलवालले प्रधानमन्त्रीमाथि करको बिषयमा भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री बिरुद्ध अनाआवश्यक लाञ्छना लगाइएको बताउदै आपत्ती जनाएकाहुन् ।

उनले प्रधानमन्त्रीमाथि अनाअवश्यक रुपमा चौतर्फी बिरोध र आक्रमणप्रति कडा रुपमा आलोचना गरेर बचाउ गरे ।  साँसदहरुले नै यस बिषयमा प्रधानमन्त्री बिरुद्ध अनाअवश्यक प्रचार गरेको भन्दै सिलवालले यो संघीयताको नै बिरोध भएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नभएको बिषयमा आलोचना र भ्रम छर्ने काम भइरहेको उनको भनाइ थियो । संसदमा बोल्दै उनले प्रधानमन्त्री बिरुद्ध लगाइएका भ्रमहरुमा सत्यता नरहेको भन्दै त्यस्ता साँसदको आलोचना गरे ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले सोमवार संसदको बैठकमा प्रधानमन्त्री ओलीलाई करप्रसाद भन्दै आरोप लगाएपछि सिलवालले यसको प्रतिरक्षा गरेकाहुन् ।