नेपाल आदिवासी जनजाति महासंघले गृहमन्त्री रामबहादुर थापा बादललाई बिकेन लिम्बूलाई विना सर्त रिहाई गर्न माग गरेको छ ।

महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री थापालाई भेटेर बिकेन लिम्बूलाई विनासर्त रिहा गर्न माग गरेको हो । लिम्बुले मुलुकी ऐन २०७४ विरुद्ध गत भदौ १ गते सिंहदरबार अगाडि नाङ्गो भएर प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै महासंघले गौवधका झुटा मुद्दा लगाएर हाल देशभरका विभिन्न स्थानका जेलमा राखिएका व्यक्तिहरुलाई पनि तत्काल छाड्न आग्रह गरेको छ ।

उनले मुलुकी ऐन आदिवासी जनजाति समुदायको संस्कार संस्कृतिविरोधी भएको बताउँदै गौवधको आरोपमा जेलमा राखिएकाहरुलाई रिहाई नगरे आपूmहरु आन्दोलनमा उत्रिने चेतावानी दिए ।

नयाँ मुलुकी ऐन जारी भएकै दिन सिंहदरबार अगाडि विरोधमा नग्न प्रर्दशन महासंघका साथै तमु ह्युल छो ज जी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, थारु कल्याणकारी सभाबाट प्रेमिलाल थारु, नेवा देय दबूका नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, नेपाल शेर्पा संघ र किरात राई यायोक्खाका महासचिव जीवन हाताचो राईले समेत ऐक्यवद्धता जनाएको छ

नयाँ पेज बाट