बिष्णुप्रसाद पोखरेल दमक । हल्दीबारी गाउँपालिका क्षेत्रको लक्षित समुह भित्रका १० जना विद्यार्थीलाई आवास सहितको निःशुल्क छात्रवृत्तिमा पशु विज्ञान (टिएसएलसि) १८ महिने कोर्ष अध्यापन गराउनका लागि हल्दीबारी गाउँपालिका रसरस्वती माध्यमिक विद्यालय, कमल गाउँपालिका बीच दुइपक्षिय सम्झौता भएको छ ।

हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने दीर्घकालिन दृष्टिकोण रहेकाले उक्त दृष्टिकोण कार्यान्वयनका लागि “हल्दीबारीको बाचा, झापाभरी माछा” र ‘किसानको खुशी, पशुपालन र कृषि’ भन्ने कार्यक्रम समेतलाइ प्रभावकारी बनाउन दक्ष प्राविधिक उत्पादनका लागि यो सम्झौता भएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कृषि क्षेत्रको विकास मार्फत गाउँपालिकाको दीर्घकालिन दृष्टिकोणलाई मुर्तता दिन कृषि तथा पशुसँग सम्वन्धित एवम् अन्य प्राविधिक जनशतिm स्थानीयस्तरमै उत्पादन गरी उनिहरुको विज्ञता समेतको उपयोग गर्दै समृद्घ हल्दीवारीको परिकल्पनालाई साकार तुल्याउन गाँउपालिकाले १० जना प्राविधिक उत्पादन गर्न लागिएको गाँउपालिकाका उपाध्यक्ष डम्बरबहादुर गीरीले बताउनु भएको छ ।

विपन्न लक्षित समूह तथा अति विपन्न अन्य परिवार समूहका सदस्यहरुलाई प्राविधिक शिक्षामा पहँुच स्थापित गरार्ई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको अनुभुति स्थानीय जनतालाई दिलाउदै लोक कल्याणकारी राज्यको स्थापना तथा सामाजिक न्याय समेत कायम गर्ने ले “छात्रवृत्तिमा प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि बनाइएको कार्यविधि, २०७५ अनुसार सम्झौता गरिएको उहाँले जनाउनु भयो । मेत गाउँसभाबाट पारित भएको अवस्था छ ।

सरकारी स्तरमा सञ्चालनमा रहेको सरस्वती माध्यमिक विद्यालयसँग आपसी सम्भौता गरी सोही विद्यालयमा पशु विज्ञान विधा तर्फ १८ महिने कोर्ष प्रत्येक वडाबाट दुई÷दुई जनाका दरले जम्मा १० जनालाई आवास सहितको निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने गरी सम्झौता भएको बताईएको छ ।

‘विद्यालयबाट उल्लेखित कार्यक्रम सञ्चालनका लागि स्वीकृत गरी सिफारिश भएको रकम गाउँपालिकाद्धारा विद्यालयलाई कार्यक्रम कार्यान्वयन गर्नका लागि कम्तीमा प्रत्येक चौमासिकमा सम्भौता बमोजिम उपलब्ध गराइनेछ । यसका लागि १८ महिनाको प्रत्येक विद्यार्थीको शुल्क, खाना र आवासको रकम र एकपटकका लागि पोशाक खर्च सोझै विद्यालयको खातामा जम्मा हुने गरी गाउँपालिकाले सम्झौता बमोजिमको रकम उपलब्ध गराउनेछ ।’ सम्झौतामा उल्लेख रहेको छ ।

कार्यविधि बमोजिम छनोट भएका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानो ठिमी, भक्तपुरले सम्बन्धित विधाको लागि स्वीकृत गरेको पाठ्यक्रम बमोजिम विद्यालयले पठनपाठनको व्यवस्था मिलाउने सम्झौतामा उल्लेख रहेको हल्दिवारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष धिमिरेले बताउनु भयो ।

अध्ययन गर्ने विद्यार्थी समेतको रुचीलाई मध्यनजर गरी विद्यालयले सकभर १० जना विद्यार्थीमध्ये ५ जनालाई पशु तर्फ र ५ जनालाई माछा तर्फ अध्ययन गर्ने व्यवस्था मिलाउन पनि भनिएको घिमिरेले जानकारी दिनु भयो । एक कार्यक्रमबीच हल्दिवारी गाँउपालिका कार्यलयमा बिद्यालयको तर्फबाट प्रधानअध्यापक दुर्गाप्रसाद सेढाइले सम्झौता गर्नु भएको छ ।