एजेन्सी । युवा युवतीबीचको सन्तुष्ट यौन सम्बन्धबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ । बेलायतमा हालै भएको एउटा अध्ययनमा कति औं नम्बरको यौन साथीसँगको सम्बन्ध सुखद र फलदायी हुन्छ भन्ने अध्ययन गरिएको थियो । सरदरमा कतिजनासंगको यौनसम्बन्ध पछि सम्बन्ध थप बलियो र जादुमयी हुन्छ भनेर नोट्टिङ्घम, व्रिष्ट्रोल र स्वान्सी समेत तीन विश्वविद्यालयका अध्ययनकर्ताहरुले गरेको अध्ययन जर्नल अफ सेक्स रिर्सचले प्रकाशित गरेको छ ।

अध्ययनले तिन नम्बरको अर्थात तेस्रो सम्बन्ध लाई रोचक मानेको छ । र, यो महिला र पुरुष दबैको हकमा लागु हुने अध्ययनको निश्कर्ष छ । अर्थात, तपाँई यौनसाथीसँग स्वस्थ र सन्तुष्ट यौन सम्बन्ध कायम गर्न खोज्दै हुनुहुन्छ भने तपाँई तेस्रो हुनुपर्नेछ । वा तपाँइको साथीले तपाँइभन्दा पहिले दुई जनासँग यौन सम्बन्ध कायम गरिसकेको हुनुपर्नेछ । यौन जीवन सोचेजस्तै बनाउन तेश्रो नम्बर लक्की हुने अनौठो तथ्य सार्वजानिक गरिएको हो । अध्ययनले अर्को रोचक तथ्य पनि बहिर ल्याएको छ ।  यदि कुनै महिलाले सातभन्दा बढि व्यक्तिसँग यौन सम्बन्ध राखेमा उनीहरु कम आर्कषक र यौन क्रियाकलापमा लामो समयसम्म सम्बन्ध कायम गर्न नसक्ने पनि दावी गरिएको छ ।

अध्ययनका अनुसार पुरुषले भने ११ जनासम्म महिलासँग जादुमयी यौन सम्बन्ध राख्न सक्छन् । प्रमुख अध्ययनकर्ता डा.स्टिभ स्टेवार्ट विलिएम्सका अनुसार यौनमा इतिहासदेखिनै रहेको मान्यता भनेको अति धेरै यौन सम्बन्धमा पनि दीर्घकालिन सम्बन्ध स्थापित गर्न एउटा संख्यात्मक सम्बन्ध अनिवार्य शर्र्त हो । अर्थात आफुँले चाहेको यौन सम्बन्ध स्थापित गर्न महिलाहरु तिन देखि सात र पुरुषहरु तिन देखि ११ सम्मको संख्यामा लामो समयको सम्बन्ध स्थापित गर्ने गर्छन् । यो अध्ययन १८ देखि ३५ वर्षको वीचको महिला र पुरुषहरुमा गरिएको हो । अध्ययन प्रतिवेदन अनुसार सहभागीहरु कुमारीत्व तथा पूर्व यौन सम्बन्धको कम संख्यामा यौन सम्बन्ध राख्न इच्छुक देखिएका थिए ।यो अध्ययनपूर्व गरिएका अध्ययनहरुले महिलाको हकमा पाँचौ नम्बरलाई लक्की मानिएको थियो भने पुरुषको हकमा ८ औं नम्बर रहेको थियो । अहिलेका अध्ययनकर्ता डाविलिएम्सले यौनसम्बन्धको मामलामा महिलाहरु थोरै संख्यामा प्रतिबद्ध हुंदै गएको र पुरुषहरु झन बढि यौन सम्बन्ध कायम राख्न ईच्छुक हुंदै गएको बताएका दाबी पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर