५ भदौ – पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सादगीपूर्ण जीवन बिताउने घोषणा गरेका छन् । उनले विश्वका केही नेताहरुको नाम लिँदै आफू पनि यस्तै जीवन बिताउने घोषणा गरेका हुन् ।
उनले लिएका नाममा नेपालका पूर्वप्रधानमन्त्री शुशिल कोइरालाको पनि नाम लिएका छन् । उनले आफू पनि नेपालका प्रधानमन्त्री स्व. कोइरालाको जस्तै सादगी जीवन जिउने बताए ।
उनले लिएका अन्य नामहरुमा उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिका र मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बान्डा रहेका छन् ।
उनले भनेका छन्, ‘राजनीतिकर्मीहरूले धन कमाउने गरेकोमा सुशील कोइरालाको सम्पत्ति जम्मा तीनवटा मोबाइल फोन रहेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाण्डुमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाण्डु आउँदा होटेलमा बस्नुको साटो भाइको घरमा बसेको बताइन्छ ।’ एजेन्सीबाट










