दमक/प्रधानमन्त्री तथा झापा क्षेत्र नं. ५ का सासद केपी शर्मा ओलीको आज कमल गाँउपालिका र गौरादहमा भब्य स्वागत हुदैछ । यसका लागि स्थानीय सरकार र पार्टीले भब्य तयारी गरेको छ ।

कमल गाँउपालिकाले रतुवा पुलको मुखमा गेट बनाएको छ । झण्डै ३ ४ किलोमिटर सडकमा ओलीले अघि सारेको नारा र राष्ट्रिय झण्डा बिधुतको पोलपोलमा राखिएर सजाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले झापामा पहिलो कार्यक्रमको रुपमा कमल गाँउपालिका वडा नं. ७ का ५० शैयाको आयुर्बेद चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलन्यास गर्नेछन् । त्यसपछि उनको गौरादहमा कार्यक्रम रहेको छ ।

कमल गाँउपालिकामा हुने कार्यक्रमको सबै तयारी पुरा भएको स्वागतका लागि आतुर रहेको कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले कार्यक्रमको तालिका समेत बनिसकेको जानकारी दिइन ।