दमक/१ नम्बर प्रदेशले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बिदा सबै कार्यालयमा लागु हुने समेत जनाईएको छ । अघिल्लो पटक दिइएको सार्वजनिक बिदा जिल्ला प्रशासन कार्यालय लगायतले मानेका थिएनन । बक्रइदको अवसरमा प्रदेश सरकारले भदौ ६ गतेलाइ सार्वजनिक बिदाको निर्णय गरेको थियो ।

आजको बिदा कार्यन्वयन हुने बताइएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सार्वजनिक बिदा सबैका लागि भएको बताएकाछन् । उनले भने, यो नमान्ने र अवज्ञा गर्ने छुट कसैलाइ छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड