मेरो उमेर ५६ वर्ष भयो । म दुई वर्षदेखि प्रोस्टेटको बिमारीले पीडित छु । डाक्टरको सल्लाहअनुसार औषधि खाँदै छु । तर, डाक्टरले अपरेसन गर्नुपर्छ भन्नुहुन्छ । अहिले मेरो सेक्स गर्ने शक्ति पनि घटेको छ । सेक्स गरेपछि वीर्य स्खलन नभई फर्केजस्तो हुन्छ । अपरेसन गरैंभने मेरो सेक्स पावरमा कुनै गडबडी हुन्छ कि भन्ने डर छ मलाई । मैले कस्तो खालको अपरेसन गर्नु ठीक हुन्छ ? मलाई मार्गदर्शन गर्नुहोला ।
उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ । जस्तोः पिसाब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गाह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पिसाब गर्दा समस्या नहोस् भनी औषधिद्वारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अपरेसन गर्नु नै जाती हुन्छ । अपरेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । तपाईँको प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि यहाँले युरोलोजिस्टसँग छलफल गर्नुपर्छ ।
प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा रातीराती उठ्ने समस्याबाट बच्न सकिन्छ । पिसाब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसाब गर्ने बानीले पनि सहयोग गर्छ ।
तपाईँलाई भएको प्रोस्टेटको उपचार गर्नैपर्छ । त्यसका लागि आफ्नो युरोलोजिस्टसँग भेटेर समस्याको निदान गर्नुहोला । उहाँले नै प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अपरेसन गर्नुहुनेछ । जस्तै, टियुआरपी । प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७०८० प्रतिशतमा यौन समस्या आउँछ । जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चरमसुखमा फरक हुने आदि समस्या देखिन्छन् । यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौनसम्बन्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौन समस्याको उपचार गर्नुपर्छ ।
यो पनि पढ्नुहोस्
पत्नीलाई कसरी खुसी बनाउने ? यस्तो छ आइडिया
पति पत्नी भनेको एकै रथका दुई पाङ्ग्रा हुन् भनेर हामीले पढेका छौं । सुनेका पनि छौं । तर आफ्नो व्यवहारिक जीवनमा प्रयोग गरेका छैनौं ।
पति र पत्नीबीच उचित तालमेल मिलेमा मात्र पारिवारिक जीवन राम्ररी चल्छ । एकअर्कामा सन्तुलन मिलेन भने परिवार लथालिङ्ग हुन्छ । त्यसैले सुखमय पारिवारिक जीवनका लागि पति पत्नीबीच तालमेल हुनुपर्छ ।
तर हाम्रो परिवारमा पत्नीलाई गृहणीको रुपमा सीमित गर्ने चलन छ । घरधन्दाको सबै जिम्मेवारी पत्नीलाई दिइन्छ । चाडपर्व, बिहे कार्जेमा पनि पत्नीलाई पाहुना टार्ने, ख्वाउने पिलाउने जिम्मा दिइन्छ । यसरी पत्नीमाथि नजानिदो ढंगले थिचोमिचो भइरहेको हुन्छ ।
पत्नीलाई गृहणीको भूमिकामा मात्र सीमित गर्दा परिवार सुख मिल्दैन । त्यसैले पतिले आफ्ना पत्नीलाई सधै खुसी र सुखी राख्ने प्रयास गर्नुपर्छ ।
– अफिसको काम सकिएर घरमा आएपछि पत्नीलाई घरायसी काममा सघाउन सकिन्छ ।
– आफुलाई फुर्सद भएको वेला अनुकुलता मिलाएर उनलाई कुनै स्थानको भ्रमणमा लान सकिन्छ । छुटीको समयमा घर परिवारस“ग धेरै भन्दा धेरै समय विताउनु राम्रो हुन्छ ।
– कुनै विशेष अवसर विना पनि उपहार दिएर आफ्नो सम्वन्धमा मजवुद वनाउन सकिन्छ ।
– पत्नीका साथीहरुलाई पनि सम्मानजनक व्यवहार गरौं ।
– कहिले कहिं पत्नीलाई डिनरमा लगेर जानुपर्छ ।
– पत्नीको अगाडि थोरै रोमान्टिक हुने ।
यो पनि पढ्नुहोस्
यी दिनहरुमा हुन्छ महिलालाई सबैभन्दा बढी यौनचाहनाएजेन्सी ।
गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ । डेली मेलमा प्रकाशित शोधका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
शोधकर्ताहरुले महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुन्छ । महिलाको मुड पनि शरीरमा हुने हर्मोनको परिवर्तनसँग सम्बन्धित हुन्छ । पुरुषलाई भने यसको फाइदा भन्दा बढी नोकशान हुने शोधकर्ताको भनाइ छ ।
महिनाबारीको चक्रमा ओभ्युलेसन भनिने अवधिमा महिलाहरु सबै भन्दा रोमान्टिक हुने अध्यनको निष्कर्ष छ । यो समयमा महिलाहरुको सेक्स हर्मोन बढ्छ र उनीहरु पुरुषहरुप्रति आकर्षित हुन्छन् । शोधका अनुसार उत्पादक समयमा महिलाहरुको शरीर नै त्यसरी तयार हुन्छ जहाँ उनीहरु मुड फ्रेश मात्र हुँदैनन् रोमान्टिक पनि हुन्छन् ।
ओभ्युलेशन साइकलको समयमा महिलाहरु प्रकृतिकरुपमा नै पुरुषप्रति आकर्षित हुन्छन् । बढी खुसी हुन्छन् । र ओभ्युलेसनको समयमा गर्भधारणको सम्भावना पनि अधिक हुन्छ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा एस्ट्रोजनकव नामक सेक्स हर्मोन दिमागमा समेत असर गर्छ । यस्तो अवस्थामा उनीहरुलाई यौन चाहाना मात्र बढी हुँदैन गर्भधारणको शक्ति पनि बढी हुन्छ ।









