दमक/झापाको दमक बहुमुखि क्याम्पसको सञ्चालक समितिको नयाँ नेतृत्वको चयनका लागि बढेको छ । सर्वसम्मत नेतृत्वका लागि प्रयास भइरहने यो अहिले तत्कालको अवस्थामा खासै सम्भावना नरहेको आँकलन गरिदै आएको छ ।
नेकपाको तर्फबाट अम्बिका खनाललाइ अघि सार्ने तयारी भइरहेको नेकपा श्रोतले बताएको छ । खनाललाइ सर्वसम्मत रुपमा अघि बढाइने नेकपाका एक स्थानीय नेताको भनाइ रहेको छ ।
दमक बहुमुखी क्याम्पसको ११ सदस्सीय व्यवस्थापन समितिको लागी ३० जनाको, एक जना लेखा संयोजकको लागी दुई जनाको र ४ जना लेखा समिति सदस्यको लागी ७ जनाको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक डिल्लि भट्टराईले बताउनु भयो ।










