झापा । प्रहरीसँगको व्यक्तिगत टसलको फाइदा उठाउँदै केही व्यक्तिले सुनियोजित रुपमा फर्जी भ्याट विल प्रकरणमा फसाइएको व्यवसायी सञ्जिवकुमार घोषले आरोप लगाएका छन्। विगत २५ वर्षदेखि झापाको भद्रपुरमा व्यवसायी गर्दै आइरहेका शिव स्टोरका सञ्चालक घोषले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै फर्जी भ्याट विल काण्डमा आफ्नो कुनै संलग्ता नरहेको र यो घटना व्यक्तिगत टलसले लम्बिएको प्रस्ट्याए।
साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका डिएसपी नारायणप्रसाद चिमरियालाई दिएको विशेष सूचनाको आधारमा काठमाडौबाट पूर्वतर्फ आइरहेको मे १ च ३०४९ नम्बर कार्बो भ्यानसहित सूर्य इन्टरप्राइजेज काठमाडौंले जारी गरेको नक्कली भ्याट बिल, सामानसहित भ्यानमा सवार महोम्मद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई इटहरी बसपार्कबाटै पक्राउ गरेको थियो।
सूर्य इन्टरप्राइजेजले शिव स्टोरको नाममा नक्कली भ्याट बिल जारी गरेको थियो। ‘सूर्यसँग शिव स्टोरले कहिले पनि सरसामान खरिद गरेको रेकर्ड छैन। उल्टै शिवले सूर्यलाई सामान बिक्री गर्छ। यो सबै चलखेल सुनियोजित रुपमा मलाई फसाउन बनाइएको हो, व्यवासयी घोषले भने।
सूर्य इन्टरप्राइजेजले शिव स्टोरको नाममा नक्कली भ्याट बिल जारी गरेको थियो। ‘सूर्यसँग शिव स्टोरले कहिले पनि सरसामान खरिद गरेको रेकर्ड छैन। उल्टै शिवले सूर्यलाई सामान बिक्री गर्छ। यो सबै चलखेल सुनियोजित रुपमा मलाई फसाउन बनाइएको हो, व्यवासयी घोषले भने। क्रेता दोषी हुन्छ कि बिक्रेता ? यस बारेमा राजश्वले कुनै तथ्य नबुझी मलाई मात्र नियन्त्रणमा लिएर कारवाही सुरु गर्यो, उनले थपे। उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएको कार्बो भ्यान मेरो भाई सुब्रोत घोषको नाममा रहेको थियो। प्रहरीले नियन्त्रणमा लिएको भ्यान राजश्व अनुसन्धान विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, इटहरीमा बुझाएपछि सो भ्यान बारे बुझन जाँदा त्यसको भोलिपल्ट केही नभनी पक्राउ पुर्जा थमाई मलाई जवरजस्ती नियन्त्रणमा लिएको हो।
त्यसपछि भद्रपुर ५ स्थित शिव स्टोरमा राजश्व अनुसन्धान विभागका टोली आएर छापा मारी चेकजाँच गर्दा केही गैरकानुनी कागजात नपाइएपछि मलाई जवरजस्ती डर त्रासमा पारी करकापमा कागजमा सहीछाप गराई साउन १७ गते इलाका प्रहरी कार्यालय इटहरीमा हिरासतमा पठाइयो। ‘हिरासत रहेकै बेला राजश्वले मेरो नाममा एक करोड ४३ लाख रुपैयाँ धरौटी रकम तोक्यो र कारागार चलान गरियो’, उनले भने, म जस्तो निर्दोष व्यवसायीलाई एक करोड ४३ लाख रुपैयाँ धरौटी माग्नु जायज नभएको कुरा त्यहाँ राख्न पनि दिएनन्।
केही दिनको कारागार बसाइँपछि रकम जुटाएर धरौटी बुझाएर तारेखमा रिहा भएको हुँ।’ ‘यस फर्जी भ्याट बिल प्रकरणमा शिव स्टोरले नक्कली भ्याट बिल प्रयोग गरेको कुनै पनि तथ्यसहितको प्रमाण फेला परे कानुन बमोजिम सजाय भोग्न आफू तयार छु, उनले भने। ‘कानुन सबैका लागि बराबर हुुनुपर्छ ? कसैको दवावमा मलाई मात्र टारगेट बनाउनु यो कानुनसंगत छैनु उनले गुनासो पोखे।
उनले भने, ‘डिएसपी चिमिरीयासँग भद्रपुरमा रहेकै बेला व्यवसायीको शिलशिलामा टसल भएको थियो। सोही टलसको फाइदा उठाउँदै उनले भए नभएका मुचुल्कासहितका प्रतिवेदन तयार पारी राजश्वमा बुझाएकोले यो घटना झन् जटिल बनाइयो।
उनले भने, ‘डिएसपी चिमिरीयासँग भद्रपुरमा रहेकै बेला व्यवसायीको शिलशिलामा टसल भएको थियो। सोही टलसको फाइदा उठाउँदै उनले भए नभएका मुचुल्कासहितका प्रतिवेदन तयार पारी राजश्वमा बुझाएकोले यो घटना झन् जटिल बनाइयो। मसँगको व्यक्तिगत रिसइवीको फाइदा केही व्यक्तिले यस प्रकरणमा उठाए।’ अहिलेसम्म राजश्वले फर्जी भ्याट बिल प्रकरणको छानविन गर्दै आइरहेको हुँदा सम्पूर्ण कागजात अदालत पेश गरेपछि कानुन बमोजिम आफू लड्ने तयारीमा रहेको उनको भनाई।










