विराटनगर । ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालतले थुनामा राखेर कारबाही गर्न आदेश गरेको छ। जिल्ला अदालत मोरङले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो।

तर सो आदेश रित पूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजाले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतको सूचना अधिकृत राजनकुमार दाहलले जानकारी दिए।

खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक थिए भने थापा वडिगार्ड हुन्। डिआइजी खत्री यसै प्रकरणमा पुर्पक्षको लाथि थुनामा रहेका छन्। मंगलबार चारवटा इजालमा पाँच थान मुद्दा छुट्टा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए। यस प्रकरणको हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरिदिएको छ। थाहाखबरबाट