दमक/ झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो भदौ ८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । झापा दमकमा पाथिभरा मन्दिर र चलचित्र मन्दिर दुबैमा यो चलचित्र लाग्ने पाथिभरा चलचित्र मन्दिरका प्रमुख एवं माता पाथीभरा फिल्मस प्रा.लि. संचालक बितरक चैतन्य बरालले बताए । प्रेमकथामा आधारित ‘नाइ नभन्नु ल–५’ को ट्रेलर युट्युवमा अहिले चर्चित छ ।

चैतन्य बराल फिल्मबारे जानकारी दिदै

चलचित्रमा झापाकै बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा देख्न सकिन्छ । यसले चलचित्र प्रेम कथामा आधारित रहेको अडकल काटन सकिन्छ । फिल्ममा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विकास आचार्यद्वारा निर्देशित यस चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ। कार्यक्रममा निर्देशक विकास आचार्यले यो फिल्म पुर्वी नेपालका लागि एउटा हेर्नै पर्ने फिल्म भएको बताएकाछन् ।

उनले पुर्वी नेपालका रमणिय स्थलहरु समावेश भएको जनाए । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन्। बाल कलाकार सेड्रिना संगम स्वीट्सका प्रोपाइटर संगम शर्माकी छोरी हुन् ।