प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बिश्वासलाई एक इञ्च तलमाथि हुन नदिने अठोट गर्नुभएको छ । मोरङको पथरीमा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा मतदाताको तर्फबाट नवनियुक्त कानुन मन्त्री भानुभक्त ढकालको सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताको बिश्वास नै आफ्नो शक्ति भएकाले जनताको सपना र चाहना पुरा गरेरै छाडने बताउनु भएको हो ।

उहाले आफु राजनीतिक जोगी भएकाले सुशासनमा कुनै सम्झौता नगर्ने समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘राजनीतक जोगी हो यो प्रधानमन्त्री, घुस खाँदैन, खान पनि दिन्न । मलाई आफन्त, नातागोताका लागि अकुत सम्पति जोडनु छैन ।’ प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न केही समय चाहिने भएकाले ढिलाई सुस्ती भएको होकी जस्तो देखिएको बताउदै यसले चाडै गति लिने बताउनु भयो । यद्यपी उहाले आफुहरुले कुनै हिनताबोध हुन नदिने गरी काम गरेर देखाउने स्पष्ट पार्नुभयो ।‘ तपाईहरुको बिश्वासलाई सदैव कायम राख्नेछ सरकारले । कुनै हिनताबोध हुन दिइने छैन । काम गर्न केही समय चाहिन्छ, हामी त्यही गरिरहेका छौ ।’ प्रधानमन्त्री ओलीले भ्रम फैलाएर सरकारविरुद्ध अहिले विरोध भईरहेको भन्दै त्यसले समृद्धि तर्फका काममा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो । ‘बिरोध गरिरहन्छन, हामी काम गर्छौ, ढुक्क हुनोस, तपाईहरुले देख्दा देख्दै बिशाल परिवर्तन आउँछ,’ उहाले अगाडी भन्नुभयो,‘मति नसुध्रेकाहरुको बिरोधको भ्रममा कोही पनि पर्नु हुन्न ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले बिकास ल्याउनका लागि हामीले चुनेर पठाएका उम्मेदवारलाई तपाईहरुले सांसद बनाएर पठाएकाले उनिहरुले विकासका काम गर्नेमा ढुक्क रहन आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले आर्थिक रुपमा आत्म निर्भर बनाउने काम सरकार लागि परेको जानकारी समेत गराउनु भयो । ‘आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित छ सरकारको काम । आयात होइन, अव कसरी निर्यात गर्ने हाम्रो उत्पादन भन्नेतर्फ सोच्नु पर्छ, सरकार यही काम गरिरहेको छ’, प्रधानमन्त्री ओलीको भनाई छ ।

उहाले विप्लव माओवादी तर्फ इंगित गर्दै विदेशीको सेवा गर्न गरिएको आतंकलाई छुट दिन नसकिने बताउनु भयो । ‘बिदेशीको सेवा गर्न गरिएको आतंकलाई अव छुट दिन सकिन्न, देशको बिकास रोक्ने क्रान्तिको गफ बिदेसीको सेवा हो, नेपाली युवालाई काम गरेर होइन, लुटेर खानुपर्छ भन्ने योजना हो ।’ प्रधानमन्त्री ओली आजै झापाका विभिन्न कार्यक्रममा समेत सरिक हुदै हुनुहुन्छ ।  जनता टाइम्स बाट