गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ ।
प्रधानमन्त्री बनेपछि दोस्रोपटक गृह जिल्ला आउनु भएका प्रम ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीयबासीद्वारा अभिनन्दन गरिएको हो ।
कार्यक्रममा प्रदेश नम्बर १ मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुसियतलगायतको उपस्थिति रहेको छ ।










