बैतडी जिल्लाको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाभित्रका ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले मासिक भत्ता वितरण गर्ने निर्णय गरेको छ ।
नगरपालिकाभित्र केही असहाय पुरुष पनि रहेकोले उनीहरुको जीवनयापनका सहज होस् भनी नगरपालिकाले विधुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले बताए ।
अहिले त्यस्ता पुरुषको तथ्यांक संकलन भइरहेको र सामाजिक भत्तासँग वितरण गरिने उनले बताए । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने मेलौली नगरपालिका नेपालको पहिलो स्थानीय तह हुने छ ।










