सुरेश अधिकारी, लेटाङ - वोनम्यारो क्यान्सर वाट पिडित लेटाङ ९ वाह्रगोठेकी १० बर्षिय मनिषा लिम्बुको भरतपुरस्थीत बिपि कोईराला क्यान्सर अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको छ । देब्रे पाखुरामा भएको हड्डीको क्यान्सरबाट पिडित टेकबिर र मनिता लिम्बूकी छोरी मनिषाको भरतपुरमा आईतबार गरिएको शल्यिक्रिया सफल भएको हो । एक साताअघि दोस्रो पटकको किमो थेरापी उपचारपछि घरमा आएको समयमा संघसंस्थाहरुले अभियानबाट संकलित रकम हस्तान्तरण गरेपछि थप उपचारको लागि चितबन पुगेको मनिषाको परिवारलाई डाक्टरले क्यान्सरको सक्रमण बढ्ने भन्दै शल्यक्रिया गर्न दिएको सुझाएपछि गत आईतबार मनिषाको देब्रे पाखुराको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएता पनि सक्रमण भएको देब्रे हात भने मनिषाले सदाका लागि गुमाउनु परेको छ । उपचारको क्रममा सुरुमा डाक्टरले क्यान्सरबाट बालिकालाई बचाउन दुई बटा उपायहरु बताएका थिए । डाक्टरले संक्रमण भएको ठाँउको हड्डी काटेर फालेर स्टील लगाउने वा सक्रमित हात नै काटेर फाल्ने भन्ने निर्णय गर्न आग्रह गरेका थिए । हड्डी मात्रै काटेर स्टीललगाउने योजनामा रहेको मनिषाको परिवार त्यतिबेला संकटमा पर्याे जतिबेला डाक्टरले सक्रमित हातको नसामा समेत ट्युमरले सक्रमण गरेको गरेको हुदाँ हड्डी मात्रै काटेर फाल्दा पुनः क्यान्सरको सक्रमण बढ्ने सम्भाबना बढी हुने कुरा बताए । कुन कुरामा निर्णय लिने भन्ने बिषयमा अलमलमा परेको परिवारले क्यान्सरबाट मनिषालाई बचाउन डाक्टरले हात काट्न दिएको सुझाबलाई मान्न तयार भयो र मनिषाको ज्यान जोगियो तर पाखुराभन्दा तलको देब्रे हातभने गुमाउन पुगिन । ६ घण्टालगाएर डाक्टर शुशिल अधिकारी र डाक्टर अरुण सिग्देलको टिमले आईतबार सफल रुपमा सल्यक्रिया गर्न सफल भएको शल्यक्रिया भएको मनिषाको उपचारको लागि परिवारसंग चितबन भरतपुरमा रहेकी लेटाङ लायन्स क्लबकी अध्यक्ष शान्ति लामाले जानकारी दिईन् । शल्यक्रिया पछि होसमा आएकी मनिषाले आमालाई खै मेरो हात भनेर सोधेपछि सबैको आँखा रसाएको अध्यक्ष लामाले बताईन् । शल्यक्रिया पछि मनिषालाई केही हप्ता डाक्टरको निगरानीमा हस्पीटलमा नै राख्ने र आराम भएपछि मात्रै घर फर्काउने परिवार स्रोतले जानकारी दिएको छ ।

आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नसकिरहेको मनिषाको परिवारलाई लेटाङमा रहेका संस्था तथा ब्यक्तिले चलाएको ‘मनिषा बचाउ अभियान’को कारण आर्थिक सहयोग जुटेपछि उपचार सम्भब भएको हो । लेटाङ लायन्स क्लबले १ महिनाअघि रकम संकलनको लागि अभियान थालेसंगै नगर क्षेत्रमा रहेका अन्य संघसंस्थाहरुले पनि बिभिन्न रचनात्मक काम गर्दै आर्थिक सहयोग जुटाएपछि उनको उपचार सम्भब भएको हो । लायन्सले सुरु गरेको अभियानसंगै लेटाङ ४ मा रहेको जनसेवा यूवा क्लब, वडा नम्बर ३ कमलपुरमा रहेको सनराईज युनाईटेड क्लब र कमलपुर ग्यालेरी, जाँतेमा रहेको किरात याक्थुङ चुम्लुङ युमा साम्यो, वडा नम्बर ८ र ९ का वडा समिति कार्यलयको आह्वानमा स्थानिय युवाहरुले ‘मनिषा बचाउ अभियान’ लाई आ–आफनो तबरले संचालन गरेर संकलन गरेको आर्थिक सहयोगबाट मनिषाको उपचार गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लेटाङ लायन्स क्लबले लेटाङ प्रिन्सेस प्रतियोगितामा सहभागि किशोरीहरु र स्थानिय युवाहरु परिचालन गरेर उत्तरी मोरङका पथरी, बेलबारी, केराबारी र लेटाङ बजारहरुमा सेल रोटी बेचेर रु. ३ लाख र बिभिन्न देशमा रोजगारीमा गएका नेपालीहरुले पठाएको २ लाख गरी पाँच लाखभन्दा बढी संकलन गरेको संकलन गरेको छ भने जनसेवा यूवा क्लबले लेटाङ बजारमा चलाएको अभियानबाट १ लाख १७ हजार २ सय पच्चिस रुपैया आर्थिक संकलन गरेर मनिषाको घरमा नै गई हस्तान्तरण गरेको थियो । यसै गरी वडा नम्बर ९ को वडा समितिको कार्यालयले आह्वान गरेको अभियानबाट रु. १ लाख १४ हजार ८ सय पचासी, वडा नम्बर ८ ले चलाएको अभियानबाट रु.३० हजार २ सय, सनराईज युनाईटेड क्लब र कमलपुर ग्यालेरीबाट संयुक्त रुपमा ४० हजार, किरात याक्थुङ चुम्लुङ युमा साम्योले रु. १४ हजार ८ सय ५० रुपैया स.कलन गरेको थियो । यसबाहेक पनि स्थानिय ब्यक्ति तथा अन्य संघसंस्थाले पनि बालिकाको उपचारको लागि बालिकाको परिबारलाई आर्थिक सहयोग जुटाएका थिए । उर्लाबारी पेज बाट साभार