बिष्णुप्रसाद पोखरेल दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राज्य स्थापनाको युगमा नेपाल प्रवेस गरेको बताउनु भएको छ । उहाँले अब कानूनी मुल्य र मान्यता बिपरीतका सबै कार्यहरु नियण्त्रण हुने जनाउदै ‘सम्बृद्ध मुलक र सुखी जनता’ अबको एकमात्र ध्यय भएको जनाउदै यस्तो बताउनु भएको हो । आफु राजनीतिक जोगी भएको बताउदै आफ्ना लागि नभएर देश र जनताका लागि केहि गरेर नै छाड्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

आफु निर्वाचित भएको झपाा क्षेत्र नं. ५ अन्र्तगत झापाको गौरादहमा बुधबार गौरादह नगरपालिकाको तर्फबाट गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै नेकपाका केन्द्रिय अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले करको बिषयमा र कानुनी राज्य स्थापनाका लागि भइरहेको कामका बिषयमा सरकार बिरुद्ध भ्रम छर्ने काम भइरहेको जनाउदै पछि नलाग्न आग्रह गर्नु भयो । कुरा काट्ने बिषयकेहि नभएपछि जनतामा भ्रम छर्न लागि परेकाहरुलाइ कामले सरकारले जित्दै जानेछ–ओलीले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफु निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा दोस्रो पटक र गौरादहमा पहिलो पटक पुग्नु भएका प्रधानमन्त्रीले यस क्षेत्रका जनताले अत्याधिक मत दिएर आफुलाइ जिताएको स्मरण गर्दै त्यो भरोसालाइ मर्न नदिने प्रतिबद्धता पनि जनाउनु भयो । आफ्ना लागि कमाउनु केहि नरहेको जनाउदै ओलीले अब आफुले जति सकेको जनताका लागि गर्ने उहाँको भनाइ थियो । म ज ितगर्नसक्छु त्यो देशको निम्ति काम गर्छु, मैले केही कमाउनु र कसैका लागि थुपार्नु छैन–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अघिल्लो पटक राम्रो काम गर्दागर्दै पनि आफु प्रधानमन्त्रीबाट हट्नु परेको स्मरण गर्दै ओलीले अब त्यो अवस्था नरहेको भन्नुभयो । जनताले ५ बर्ष काम गर्न पठाएको र कसैले हटाउन नसक्ने भन्दै उहाँले मुलकको सम्बृद्धि नै आफ्नो सपना भएको जनाउनु भयो । म राजनीतिक जोगी जस्तै हुँ, मैले जनताको सम्बृद्धिको सपना पुरा गर्ने जिम्मेवारी र मौका पाएको छु यो गुमाउनेछैन– प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले छलकपटको राजनीति अब नचल्ने र मुलक त्योबाट मुक्त भएको दाबी गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले सरकार बिरुद्ध भ्रम छर्ने काम भइरहेकोप्रति असन्तुष्टि पनि राख्नु भयो । सरकार वास्तविक रुपमा जनताको शाषन प्रत्याभुत गराउनका लागि नै भएको जनाउदै जनतालाइ दुख दिने तथा जनबिरोधी काम गर्नेहरु भने अब तर्सनु र डराउनु स्वभाविक भएको बताउनु भयो । अब मुलकमा कानुन हातमा लिएर उदण्डता मच्चाउने छुट कसैलाइ पनि हुदैन र यस्ता मानिसहरु डराउनु स्वभाविक हो, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा आमुल परिवर्तनका कार्यक्रमहरु ल्याएको भन्दै यो कतिपयलाइ मन नपरेको जनाउनु भयो । विकास नहोस र राम्रो काम नहोस भनेर चाहाना राख्नेहरुको कुरा सुनेर जनता भ्रममा पर्नु हुदैन भन्ने मलाइ विश्वास रहेको छ–प्रधानमन्त्री ओलीको भनाइ थियो । ओलीले स्थानीय सरकारलाइ र जनप्रतिनिधिहरुलाइ जनभावाना अनुसार काम गर्न पनि निर्देशन दिनु भयो । उहाँले जनताले गुनासो गर्ने गरी काम नगर्न उहाँको निर्देशन रहेको थियो ।

बिगतका दिनहरुमा कानुन हातमा लिएर काम गर्ने र अराजकता मौलाएको अवस्था रहेपनि अब त्यो नरहने उहाँको भनाइ रहेको थियो । लोकतन्त्रको नाममा लोकतन्त्रको नै खिल्लि उडाउने काम बिगतमा भएको छ, तर अब यो हुदैन र हुन दिइने छैन–प्रधानमन्त्री ओलीले भन्नुभयो । ओलीले शुसासन र बिकास यो सरकारको प्राथमिकताको बिषय भएको भन्दै यसमा कुनै सम्झौता नहुने बताउनु भयो ।

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाइ समेत अभिनन्दन गरिएको कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री ओलीले अघि सारेको बिकास र सम्बृद्धिको नारालाइ सार्थक तुल्याउन प्रदेश सरकार समेत लागि परेको बताउनु भयो । मुलुक बिकासको युगमा प्रवेस गरेको जनाउदै जनताले परिवर्तन महसुस गर्दै जाने उहाँको भनाइ थियो ।

त्यो भन्दा अगाडि प्रधानमन्त्री ओलीले झापाको कमल गाँउपालिका वडा नं. ७ मा रहेको प्रादेशिक आयुर्बेद चिकित्सालय भवनको शिलन्यास भएको घोषणा गर्नु भएको थियो । झरीका कारण बाटो हिलाम्मे भएपछि बाटो नजिक उभिएर उहाँले ५० शैयाको आयुर्बेद अस्पतालको शिलन्यास भएको धोषणा गर्नु भएको हो । हिलोका कारण उहाँ भवन निर्माणस्थल जान सक्नु भएको थिएन ।