दमक/दमक जेसिजले जेसिज सप्ताहको घोषणा गरेकोछ । सप्ताह बिभिन्न सामाजिक कार्यक्रम गरेर मनाउदै आएको छ । बर्षमा एकपटक सप्ताहलाइ जेसिजले अभियानको रुपमा कार्य गर्दै आएकोमा यो पटक पनि कार्यक्रमहरु सार्वजनिक भएको हो ।
दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले सप्ताहलाइ रचानत्मक बनाउन प्रयत्न गरिने बताए । उनले यो पटक सुकुम्बासी बस्तिमा पुगेर स्वास्थ्य शिबिर गरिने जानकारी दिएकाछन् । दमक ८ मा अहिले जेसिजको तालिम केन्द्र बनिरहेको स्थानमा स्वास्थ्य शिबिर हुने जनाईएको छ ।
यसैगरी सरसफाइ सामाग्रि हस्ताण्तरण कार्यक्रम, पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपुर्ण फुटवल, शैक्षिक सामाग्रि बितरण, जेष्ठ नागरिकसम्मान, जेसीआइ दमक वेष्ट स्पिकर लगायतका कार्यक्रमहरु तय भएको जेसिज सप्ताह मुल संयोजक कमल कटवालले बताए ।











