दमक/दमक बहुमुखि क्याम्पस सञ्चालक समितिको निर्वाचन हुने निश्चित बनेको छ । क्याम्पसले निर्वाचन हुने भएपछि भोली शुक्रबार क्याम्पस बिदा दिने निर्णय समेत गरेको छ । दमकका राजनीतिक दलहरुले सर्वसम्मत प्रयास गरेपनि सर्वसम्मत नहुने निश्चित बनेको बताइन्छ ।
११ सदस्यीय सञ्चालक सदस्यका लागि हुन लागेको निर्वाचनमा ३० जनाको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ । आज विहिबार बेलुकासम्म मनोनयन फिर्ता गर्ने समय रहेपनि सहमति अहिलेसम्म नबनेका लागि निर्वाचन समितिले निर्वाचनको आवश्यक तयारी शुरु गरेको बताईएको छ ।










