दमक / दमक प्याप्सन दमक नगर समितिको नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । कामक्ष होटलमा भएको नगरको पहिलो अधिवेसनबाट जनार्दन मैनालीको अध्यक्षतामा नयाँ समिति बनेको बताईएको छ ।

सर्वसम्मत रुपमा पदाधिकारी र सदस्यहरु चयन भएको बताइन्छ । उपाध्यक्षमा राजन प्रशाइ, सचिबमा सन्तोष दाहाल र कोशाध्यक्षमा नविन योगी निर्वाचित भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ कार्यसमितिले यहाँ रहेका नीजि क्षेत्रका बिद्यालयहरुको समस्या सामधान गर्नका लागि पहल गर्ने बताएको छ ।

नव सनर्वाचित अध्यक्ष मैनालीले नीजि बिद्यालयहरुले यहाँ शैक्षिक रुपमा पुर्याएको योगदानलाइ अझ प्रभावकारी बनाउने र स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।