झापा । झापा र इलाम खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका ६ फकेटिभ स्थित गेउरिया खोलामा डुबेर सोही स्थान बस्ने सेख नुरजमालको ३ बर्षीय छोरा सेख रिजवानको मृत्यु भएको हो ।
सेख रिजवाल घर नजिकै खोलामा डुबेर मृत अवस्थामा भेटेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको जनाएको छ ।
त्यसैगरी इलामको माङसेबुङ गाउँपालिका१ स्थित देउमाई खोलाले बगाई ल्याएको अवस्थामा इलाम माङसेबुङ गाउँपालिका १ बस्ने ५५ बर्षीय विचारे वराईलीको शव भेटिएको छ । देउमाई खोलाको दोभानमा वराईलीको शव डुबेको अवस्थामा भेटिएपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट गजुरमुखीमा खबर गरेका थिए ।










