गृहमन्त्री रामबहादुर थापाले निर्मला वन्तको बलात्कारपछि हत्या भएको विषयको यथार्थ छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने बताएका छन् ।

प्रदेश नं ७ का सांसद एवं प्रतिनिधिले पन्त हत्याको छानबिन गर्न बुझाएको ज्ञापनपत्र बुझ्दै आज गृहमन्त्री थापाले पन्त हत्याकाण्डको घटनाबारे सरकार गम्भीर भएको बताए । गृहमन्त्री थापाले कञ्चनपुर घटनाबारे चाँडै मन्त्रालयबाट निर्णय आउने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसदहरुले हत्याबारे उच्चस्तरीय आयोग गठन गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्नुपर्ने, पीडितको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनका घाइतेको उपचार राज्यले गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा प्रशासनको हस्तक्षेप रोक्नुपर्ने र कञ्चनपुर घटनाबारे गृहमन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

भेटमा लेखराज भट्ट, निरुदेवी पाल, दीपकप्रकाश भट्ट, नरबहादुर धामीलगायतको नेता तथा सांसदहरुको सहभागिता रहेको थियो । रिपोटर्स नेपाल बाट