बैतडी । बैतडीको मैनोैली नगरपालीकाले एकल पुरुषलाई बिदुर भत्ता दिने निर्णय गरेको छ ।
सरकारले एकल महिलालाई भत्ता दिइरहेका बेला नगरपालिकाले एकल पुरुषलाई पनि एकल भत्ता दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताउनुभयो । अाजकाे राजधानी दैनिकमा खबर छ ।
ज्येस्ठ नागरीक समस्यामा परिरहेका गुनासो ब्यापक आउने गरेकाले नगरपालिकाबाट ६० वर्ष देखि ७० वर्ष सम्म्का एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको बताउनुभयो । नगरपालिकाको यो निर्णयबाट ज्येस्ठ नागरिक खुसी भएका छन् ।










