दमक/लाइफलाइन अस्पताल दमकले हात फ्याक्चर भएपछि गरिबीका कारण उपचारमा समस्या झेलेका एक किशोरको निशुल्क उपचार गरिदिएको छ । असपताल प्रशासन र हाडजोनी रोग बिशेषज्ञ मनोज शाहले ति किशोरको उपचारको लागि चासो दिएका थिए ।

दमक ८ का बिकास पौडेलको गोल खेल्ने क्रममा हात फ्याक्चर भएको थियो । उनलाइ त्यसपछि अस्पताल ल्याएर जाँच गर्दा स्टिल राख्ने र यसमा हजारौ लाग्ने भनेपछि उक्त परिवारले उपचार गर्न नसक्ने बताएपछि आफुहरुले सहयोग गरेको अस्पतालका सञ्चालक भोला थापाले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मजदुरी गरेर पेट पाल्दै आएको पौडेल परिवारलाइ उपचारमा समस्या भएपछि लाइफलाइन अस्पतालले निशुल्क उपचारको ब्यवस्था मिलाएको अस्पतालका प्रशासकि सिम्रिक गिरीले बताए ।

अर्काको घरमा बस्दै आएको र अति बिपन्न भएको थाहा पाएर आफुले कुनै शुल्क नलिएको डा. मनोज शाहले बताए । उनले भने, हातमा स्टिल लगाएर घर पठाईएको छ । आमा निरमाया पौड्यालले छोरोको उपचारमा सहयोग गरेकोमा अस्पताल र डाक्टर सहितको टिमलाइ धन्वाद दिएकीछन् ।