दमक/ अनिल सुवेदी दमकको ब्यापारीक क्षेत्रमा खासै नौलो नाम होइन । स्वास्थ्य, शिक्षा र सहकारीको क्षेत्रमा एउटा क्रियाशिल युवा सुवेदी दमकका एक सफल ब्यवसायीको रुपमा उदाउदै गरेका युवा हुन् । उनको स्थायी बसोबास दमक हो ।
दमक ८ स्थित शुभकिरण मेडिकलका सञ्चालक, दमक सर्जिकल, स्मार्ट ट्रेड कन्सर्न, सुवेदी भेट्स लगायतमा उनि सक्रियछन् । पछिल्लो समयमा दमकको सुविधा सम्पन्न बिद्यालय सप्तश्री एकेडमीका समेत निर्देशकको रुपमा रहेकाछन् ।
स्वर्ण लक्ष्मि सहकारी संस्थाका सचिब रहेका उनि केहि नयाँ काम गर्ने सोच आफु पलाउने गरेको बताउछन् । मनदेखि कसैलाइ नठगि ब्यापार ब्यवसाय गर्दै आएकाले सफलता पाएको उनको अनुभव रहेको छ ।
पढाइमा फर्माशिष्ट रहेका उनको स्वास्थ्य ब्यवसाय नै प्रमुख ब्यवसाय हो । त्यहि भएर नै उनले आफ्नो मेडिकललाइ सुविधासम्पन्न र आधुनिक प्रविधिमैत्री बनाएकाछन् ।
सामाजिक र ब्वसायीक क्षेत्रमा सक्रिय युवा सुवेदी बिद्यार्थी राजनीति पनि गरे । बिद्यार्थीहरुको समस्या सामधानका लागि र हकहितका लागि आफुले काम गरेको उनको भनाइ छ । अब आफु सामाजिक क्षेत्रमा बढि सक्रीय रहने उनको भनाइ रहेको छ ।सहकारीको नेतृत्वको तयारीमा
उनि स्वर्णलक्ष्मि सहकारीमा शुरुवात देखिनै रहेकाछन् । उनले कार्य समिति सदस्यहुदै अहिले पुर्व सचिब रहेकाछन् । यो पटक नेतृत्व परिवर्तनको समय भएकाले आफु नेतृत्वका लागि लागेको उनले बताए ।
सहकारीताको माध्यमबाट सहकारीका सदस्यहरुका लागि केहि न केहि नयाँ काम गरेर देखाउने सोच रहेको बताउदै सबैको सहयोग र साथ पाउने अपेक्षा रहेको उनले सुनाए ।










