संसदमा दर्ता भएको संकल्प प्रस्तावमा ४ वटा बुदा उल्लेख गरिएको छ । महिला हिंसा रोक्नका लागि सामाजिक न्याय र समानताको विषय विद्यालयको पाठ्यक्रममा समेट्न माग गर्दै नेकपाकी सांसद बिन्दा पाण्डेले संसदमा दर्ता गराएको संकल्प प्रस्तावमा पिडितलाई उचित व्यवस्थापन गर्नुपर्ने र पिडकलाई तत्काल प्रक्राउ गरी कडा भन्दा कडा करवाही गर्नुपर्ने लगायतको छ ।

यस्तो छ संकल्प पस्तावका चार बुदा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. महिला माथी देशव्यापी रुपमा भएको सबै प्रकारका हिंसा, शोषण, विभेद विरुद्ध हामी जनप्रतिनिधिहरु पुन एकाताबद्ध भई अभियानकै रुपमा लाग्ने संकल्प गर्दछौं ।

२. महिला माथी हुने हिंसा, शोषण, विभेद गर्ने अपराधिहरुलाई तत्काल प्रक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न र पिडितहरुको उपचार, क्षतिपूर्ति एंव सामाजिक पुर्नस्थापनाको लागि यथोचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन जारी गर्दछ ।

३. संविधान र कानुनले प्रद्धत गरेका हक अधिकारका विषयमा र महिलामाथि हुने सबै प्रकारका हिंसा, शोषण विभेदका विरुद्ध सरकारले व्यापक जनचेतना अभियान देशव्यापीरुपमा संचालन गर्न सरकारलाई निर्देशन गर्दछ ।

४. महिला हिंसा लगायतका त्रुटीपूर्ण समाजिक मान्यता विरुद्ध र समानता तथा समाजिक न्यायको पक्षमा विद्यालय तहका पाठ्यक्रम परिवर्तन गर्ने क्रममा समावेश गरि शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन गर्दछ ।