दमक/झापा दमकका डा. भम्पा राई र उनको श्रीमती उर्मीला राईको उपचारको लागि बेलायतबाट सहयोग प्राप्त भएको छ । बेलायतको रिडिङमा बस्दै आएका गजेन्द्र गुरुङ्गको संयोजकत्वमा रहेको आर्थिक संकलन समितिले उनीहरुको उपचारको लागि एक लाख ७८ हजार ९ सय ७० रुपैया सहयोग पठाएको छ ।

सो सहयोग रकम आज एक कार्यक्रमका वीच  बुद्धि बहादुर राइ, दिवस राई,बासुदेव राई लगायतले हस्तान्तरण गरे । डा.राइको आन्द्रामा समस्या भएपछि केहि महिना अघि भारतको सिलिगुडी स्थित आनन्दलोक हस्पिटलमा सल्यक्रिया गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राई अझै पनि पूर्ण रुपमा ठीक भएका छैनन् । उनको श्रीमती उर्मीलाको दुबै मृगौला खराब छन् । अहिले श्रीमती राईको नियमित डायलासिस गरिदै छ । १९९१ मा भुटानबाट नेपाली भाषी लखेटिएसँगै डा. राई पनि नेपालमा शरणार्थी जीवन विताइरहेका छन् ।