काठमाडाैं - निर्देशक तथा कलाकार दीपाश्री निरौलाले बिहीबार ४४ औँ जन्मदिन मनाएकी छिन् ।

उनले ४४ औँ जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा केक काटिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीतको छायाँकनका लागि नवलपरासी पुगेकी दीपा बिहीबार नेपाल विज्ञापन एजेन्सी संघको आयोजनमा भएको कृति अवार्डका लागि काठमाडाैं आएकी थिइन् ।

उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेको थियो रेडियो अडियोले ।

रेडियो अडियोको जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना दिनको लागि कलाकार जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, अभिनेत्री प्रियंका कार्की लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रियंका कार्कीको दीपाश्रीप्रति धेरै नै माया देखियो । प्रियंकाले दीपाको लागि एउटा केक आफैं बोकेर आएकी थिइन् ।

जन्मदिन विशेष कार्यक्रममा दीपालाई जन्मदिनको शुभकामना दिँदै जितु नेपालले दीपासँगको सहकार्यलाई सरसर्ती सम्झिए । कुरैकुरामा उनले दीपालाई आफूले नै बाइक चलाउन सिकाएको कुरा पनि सार्वजनिक गरे ।

यस्तै दीपासँगै कार्यक्रम गरेको पैसाले आफूले काठमाडाैंमा घडेरी जोडेको भन्दै उनले दीपासँगको आफ्नो सहकार्य सधैँ शुभ रहेको बताए ।

कलाकार शिवहरि पौडेल र केदार घिमिरेले पनि दीपालाई सफलताको शुभकामना दिए । केदारले दीपालाई शुभकामना दिने कुनै शब्द नभएको बताए ।

विक्रम संवत २०४८ सालमा ‘अग्नीपथ’ टेलिफिल्मबाट कलाकारिताको आधिकारिक शुरुवात गरेकी दीपाले पहिलो सिरियलबाटै बेस्ट डेब्यु अवार्ड पाएकी थिइन् । त्यसपछि केही सिनेमामा काम गरेपछि दीपाले कलाकारितालाई रेडियो नाटक हुँदै तितो सत्यसम्म पुर्याईन् जसले उनलाई हास्यकलाकारको रुपमा स्थापित गराइदियो ।

दीपक नभएको दीपाको जन्मदिन दीपाको जन्मदिनमा उनका प्रिय मित्र दीपकराज गिरी भने उपस्थित थिएनन् । सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीत छायाँकनको लागि नवलपरासीमा भएका कारण दीपक दीपाको जन्मदिनमा उपस्थित हुन नसकेका हुन् ।

तर उनले बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए ।

https://youtu.be/wqCJvQ8_cf8

यता दीपाले आफ्नो केकमा भएको तस्बिर देखाउँदै त्यहि तस्बिरको मुटुमा दीपक भएको बताइन् ।

उज्यालो अनलाइन बाट