कञ्चननपुर । निर्मला पन्त बलात्कार र हत्याकाे बिराेधमा भएकाे प्रदर्शनमा गाेली चलेकाे छ । शुक्रबार साँझ भएकाे प्रदर्शनमा प्रहरीले २ राउण्ड गाेली चलाएकाे हाे । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति अविश्वास जनाउँदै महेन्द्रनगरमा केही दिन यता अान्दाेलन चर्किएको छ।
केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल भइ छानविन समिति गठन भएपछि सामान्य बनेको थियो । तर, पुनः नेपाली कांग्रेस निकट नेविसंघको प्रदर्शनले अशान्त बनेको छ ।










