भीमदत्तनगर– कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् ।
आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान /श्रीमती अलग/अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए । मृतकका भाइले झ्यालबाट दाइ/भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । विवाह भएको चार महिना नपुग्दै उनीहरुले आत्महत्या गरेका हुन् ।
रासस










