दमक/लायन्स क्लव अफ इन्टरनेशल 325 एवान का डिस्ट्रिक सेक्रेटरी रेवतबहादुर कार्कीले सेवाका कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा अघि बढाउनका लागि लायन्स क्लवहरुलाइ आग्रह गरेकाछन् ।
शुक्रबार साँझ झापाको दमकमा स्थानीय लायन्स क्लवका अध्यक्ष तथा पदाधिकारीसंग भएको संक्षिप्त छलफलमा उनले यस्तो आग्रह गरेकाहुन् । उनले सेवाको कार्यक्रमहरुलाइ एक आपसमा समन्वय गरेर समेत प्रभावकारी रुपमा गर्न सकिने बताए ।
कार्यक्रमहरुको जानकारी प्रणालीलाइ प्रभावकारी बनाउन पनि उनको सुुझाव रहेको थियो । कार्कीले लायन्स अभियान पछिल्लो समयमा प्रभावकारी बन्दै गएकोमा खुसि पनि प्रकट गरे ।
जोन चियरपर्सन कोमल शाक्य, लायन्स क्लव अफ दमक इस्टर्न लाइनका अध्यक्ष बिमल शर्मा, माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेर, युनाइटेडका अध्यक्ष उत्तम थापा लगायतको सहभागिता रहेको थियो ।










