दमक/झापा दमकका युवा ब्यवसायीहरु मिलेर सञ्चालनमा ल्याएको पशुपति बहुद्धशिय सहकारी संस्था प्रगतीको पथमा लम्किन शुरु गरेको छ । लामो समय अघि दर्ता भएपनि करिब २ बर्ष अघिदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा आएको सहकारी प्रगतीको पथमा लम्कन शुरु गरेको पाईएको हो ।
शुक्रवार कस्मिक पार्टी प्यालेसमा आफनो १५ औं बार्षिक साधारणसभा मनाएको छ । साधरणसभाको प्रमुख अथिति जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल रहेका थिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख तिलक थापा, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगाल, जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणि ओझा, क्षेत्रीय सहकारी समन्वय समितिका संयोजक प्रेम कोइराला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष खगेन्द्रबहादुर पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा शेयर पुजी ५ करोड पुर्याउने बताए । उनले गत वर्ष कुल ११ करोड ६२ लाख २४ हजार १ सय ८१ रुपैयाको कारोवार गरेको सार्वजनिक गरे । अहिले सहकारीको शेयर पूंजी १ करोड ९५ लाख २६ हजार २ सय रहेको जनाइएको थियो ।










