नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक कञ्चनपुरको घटनाबारे छलफल गर्न बसेको हो ।

बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको बताइएको छ । बैठ्कमा कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको बैठ्कमा सहभागी नेताहरुले बताएका छन् ।