दमक/झापाको दमकी बाल कलाकार सेड्रिना शर्मा अभिनित चलचित्र नाइ नभन्नु ल ५ हेर्नका लागि दमकका पाथिभरा चलचित्र मन्दिरमा टिकटका लागि दर्शकहरुले ठुलो संघर्ष गरेको देखिएको छ ।
अधिक भिड भएपछि टिकट लिन तछाडमछाड भएको देखिन्थ्यो । शनिबार बिहान फिल्म लाग्नु १ घण्टा अघिदेखि नै भिड बढेको र चलचित्र शुरु भएको आधा घण्टासम्म पनि दर्शकहरु आएको पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालले बताए ।
छक्कापञ्जा पछि सबैभन्दा बढि दर्शक आएको उनले बताए । सकेसम्म टिकटलाइ सहज रुपमा बितरण ब्यवस्था मिलाईएको उनले जनाए । दर्शकहरुको उत्साह अधिक पाएको उनको भनाइ रहेको छ ।
शुक्रबार देखि यो चलचित्र झापाको पाथिभरा सहित देशभर लागेको छ । चलचित्रमा दमककी संगम शर्माकी छोरी सेड्रिना शर्मा र बाल कलाकार अनुभव रेग्मीको अभिनय उत्कृष्ठ छ ।











