काठमाडौँँ,८ भदौ । प्रत्येक वर्ष हिन्दु परम्पराअनुसार श्रावण शुक्लपक्ष पुर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइने गरिन्छ । ज्योतिषाचार्यको अनुसार यस वर्ष रक्षाबन्धनको दिन अन्य वर्ष भन्दा विशेष रहेको छ ।
यो वर्ष दिदी बहिनीले आफ्नो दाजु भाईलाई ११ घण्टासम्म राखी बाध्न सक्नेछन् । आफ्नो दिदी बहिनीले दाजुभाइलाई दिर्घायुको कामना गर्दै राखी बाध्ने चलन रहेको छ । दिदी बहिनीले दिनभरी भोको बसेर राखी बाध्ने र मिठाई खुवाउने चलन रहेको छ ।
ज्योतिषहरुको अनुसार रक्षाबन्धामा कहिल्यै पनि भद्रकालमा राखी बाँधिदैन् । भद्रको छाँया परेको छैन् । यो वर्ष राखी बाँध्नको लागि बिहानदेखि बेलुका सम्म प्रशस्त समय रहेको छ । तर राहु कालमा राखी बाँध्न नहुने ज्योतिषज्ञले बताएका छन् । ४ः४५ देखि ६ः१५ बजे सम्म राहुकाल रहने भएकाले रक्षा बन्धन लगाउन नहुने भएको हो ।










