दमक/ अनेरास्वबियूको केन्द्रिय अध्यक्षमा रन्जित तामाङ नियुक्त भएको बताईएको छ । यद्यपि यसको औपचारिक पुष्टि भएको छैन । पूर्व नेकपा एमाले र नेकपा माओवादीको दुई विद्यार्थी संगठनबीच ‘अनेरास्ववियू’ नाम राख्ने सहमति भएको थियो ।
तामाङ विक्रम सम्बत २०३९ साल झापाको पोपगाडी गा.बि.स वडा न. २ मा जन्मिएका हुन् । ग्रामीण परिवेश बाट स्नाकोत्तर गरेका तामाङले एल एल बि समेत गरेका छन् । बि. स.२०५५ साल देखि अखिल (क्रान्तिकारी)मा आबद्ध उनी २०५८ सालमा झापा जिल्लाको जिल्ला सदस्य भएर पुर्णकालिन राजनीतिमा होमिएका थिए ।
बि.स. २०५८ साल देखि २०६० साल सम्म जेल जीवन बिताएका तामाङ जेल बाट छुटिसकेपछी २०६१ सालमा झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए । २०६७ सालमा केन्द्रीय सचिव हुँदै २०७१ सालमा उपाध्यक्ष भएका थिए । त्यसपछि उनि एकबर्ष अघि अखिल (क्रान्तिकारी)को अध्यक्ष बने ।










