जिल्ला प्रशासन कार्यालय झापाले भदौ ७ गतेदेखि महिला हिसा न्युनिकरण डेस्क सँचालनमा ल्याएको छ । वढ्दो महिला हिसा न्युनिकरण गर्न प्रमुख जिल्ला अधिकारी मातहत रहने गरि डेस्क सँचालनमा आएको हो ।
मुलुकभरि नै महिला माथी हुने हिसा न्युनिकरणका आवाजहरु उठिरहेको वेला यस्तो सँरचनाको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले वताउनु भयो । महिलामाथि हुने कुनै पनि अपराधलाइ समाजमा निरुत्साहन गर्ने र सो को गुनासो सुनुवाइ गर्न यस्तो सँरचनाको आवश्यकता रहेको थियो ।
यसका साथै नियमित रुपमा हुने कार्यालय प्रमुखको भाद्र ३ गतेको वैठकले वढ्दो महिला हिसा न्युनिकरणका लागि कार्यालयको शुन्य समयमा छलफल चलाइ आवश्यक सचेतना फैलाउन हरेक कार्यालयका कर्मचारीहरुले काम गर्ने निर्णय समेत गरेको छ ।
वैठकले आगामी भदौ २२ गते हुने निजामति सेवा दिवसमा मनाउने कार्यक्रम प्रस्ताव गरि पेश गर्ने सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको सँयोजकत्वमा एक उपसमिति गठन समेत गरेको छ ।










