तहट–रौतहटको टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ । करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा साँझ ७ बजे वारिपारी गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका मध्ये १० जना पौडी खेलेर बाच्न सफल भएको र ५ जनालाई स्थानीय र प्रहरीले उद्दार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्य बेपत्ताको खोजीका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको रिजालले जानकारी दिए ।

पछिल्लो केहि दिनदेखि लालबकैया नदीमा बाढी आउँदा पानीको बहाव उच्च छ ।