मन्त्रिपरिषद्को बैठकले बलात्कार र त्यसपछि हत्या भएकी निर्मला पन्तको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

त्यस्तै, शुक्रबार कञ्चनपुर घटनाकाे विराेध गरिरहेका माथि प्रहरीले गोली प्रहार गरेकाे थियाे । साे गाेली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणासँगै उनको परिवारलाई पनि १० लाख राहत दिने सरकारले निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग सूचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले कञ्चनपुर घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने प्रतिवद्धता दोहो¥याए ।