दमक/आउदो भदौ १८ गते दमकमा हुने रथयात्रालाइ भब्य र सभ्य बनाउनका लागि तयारी तिब्र पारिएको छ । धार्मिक सहिष्णुतालाइ अक्षुण राख्न र धार्मिक सस्कृतीको जगर्ने गर्ने उदेश्यले दमकको धार्मिक गौरवको रुपमा रथयात्रालाइ सफल बनाउन लागिएको प्रचारप्रसार समितिका संयोजक लीला गुरागाइले बताए ।

आज बिहान प्रचारप्रसार समितिको बैठकमा यस बिषयमा जानकारी दिदै गुरागाइले दमकमा हुने रथयात्रा दमकको पहिचानको रुपमा अघि बढाउने उदेश्य अनुरुप सबै संघसंस्थाहरुको सहभागिता र सहकार्यमा जोड दिइएको जानकारी दिए ।
तयारीबारे जानकारी दिदै गुरागाइ

श्रीकृष्ण रथयात्रा समितिका संयोजक मानबहादुर बुढाथोकीले ब्यवस्थित रुपमा रथयात्रालाइ सम्पन्न गर्नका लागि बिभिन्न उपसमितिहरु बनेको जानकारी दिएकाछन् । उनले सहज रुपमा रथको दर्शन र प्रशादी ग्रहणको अवस्था सिर्जना गराउने प्रतिबद्धता जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिका प्रेम भट्टराइले श्रीकृष्ण रथयात्रा दमकको पहिचानका लागि नयाँ एउटा माध्यम बन्ने गरीको तयारी गरिएको जनाए । यसमा सबैको साथ र सहयोग रहनेमा आफुहरु विश्वस्थ रहेको जनाए ।

लायन्स क्लव अफ स्टर्न लाइनल सहितका दमकका लायन्स क्लवहरुले पानीको ब्यवस्थापन जिम्मा लिएको जनाईएको छ । पानी ब्यवस्थापन संयोजक रहेका स्टर्नलाइनका अध्यक्ष बिमल शर्माले गर्मि मौसम रहेकाले पानीको पर्याप्त ब्यवस्थापन गर्ने बताए ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट, दमक युनाइटेड, बेलसिटी, सेविका, बिगबुद्ध, ग्रिनसिटी, श्री अन्तु, स्वीटसिटी, लखनपुर लगायतले बेग्लाबेग्लै स्टल राखेर पानीको ब्यवस्थापन गर्ने माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेरले बताए ।

यसैगरी दमक जेसिजले स्वयंसेवकको र रोटरी क्लव अफ दमकले सरसफाइको जिम्मा लिएको जनाईएको छ ।