नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले राजनीतिक व्यवहार गर्नुपर्ने बताएका छन् ।
a आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पटक–पटक छोड्दै पक्राउ गरिएकोमा आपती जनाए ।
‘अहिलेको सन्दर्भमा उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘नेकपा राजनीतिक शक्ति हो, त्यसलाई सोही रुपमा व्यवहार गर्नुपर्छ ।’
प्रकाण्डलाई अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको गन्ध आएको उनले बताएका छन् । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराईले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’
नयाँ पेज बाट









