काठमाडौं । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।
स्थानीय नेवारी खाजा घरमा कार्यरत बालिका पसलमा आउने नियमित ग्राहकबाटै बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।
बोहराले खाजा खान गएका वेला ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ । तीन दिन अघि मात्रै नक्सालमा घरेलु कामदारको रुपमा कार्यरत वालिका गोदावरीमा अपरिचितवाट बलात्कृत भएकी थिईन् ।










