काठमाडौँ–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलालाई अर्धाङ्गिनी भनिएकोमा आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै भट्टराईले संसद्मा दर्ता भएका विधेयकमा महिलालाई अर्धाङ्गिनी भन्ने भावका भाषाको प्रयोग गर्न नहुने बताए। नागरिकतामा बाबुको पहिचान हुनैपर्छ भन्ने प्रावधान पनि विभेदपूर्ण रहेको उनले बताए।
यसैगरी उनले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराए। ‘तस्वीर खिंच्न पनि नपाउने गरी प्रेस जगतलाई नियन्त्रित गर्ने मुलुकी ऐनका प्रावधान संशोधन गर्न भट्टराईले माग गरे।
यौनिक र अल्पसङ्ख्यकलाई समान अधिकार दिने देशको २७ औँ नम्बरमा नेपाललाई दर्ज गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। दलितलाई शिल्पी शब्दले सम्बोधन गर्ने व्यवस्थासहित बलशाली बनाउन उनको आग्रह थियो। अल्पसङ्ख्यकको धार्मिक अधिकारको संरक्षण गर्न माग गर्दै उनले एउटै जनाबरलाई राष्ट्रिय भनी मान्यता दिनु नहुने बताए। नागरिक न्युज बाट साभार










