दमक/ भारतको गुजरातबाट साइकलयात्रामा नेपाल आएकी साइकलयात्री सुनीता चोकनलाइ झापाको दमकमा भब्य स्वागत सहित सम्मान गरिएको छ ।
बेटी बचाओं और बेटी पढाओं का संकल्प लिएर साइकलयात्रामा निस्केकी उनलाइ रोटरी क्लव अफ दमकले स्वागत सहित सम्मान गरेको हो । उनलाइ केर्खादेखि मावा खोलासम्म स्र्कट समेत गरिएको रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले बताए ।
वातवरण संरक्षणका लागि बृक्षारोपण र रोपिएको बिरुवालाइ जोगाउन समेत चेतना फैल्याउदै हिडेकी सहकर्मीको कामदेखि प्रभावित भएर आफुहरुले दमकमा सम्मान गरेको उनले जनाए । रोटरीयन सन्दिप चापागाइले सम्मानपत्र पढेर सुनाएका थिए ।
सो अवसरमा चोकनले आफुले नेपालमा पाएको माया कहिल्यै पन नभुल्ने जनाउदै अब छोरीलाइ भेदभाव होइन सम्मानका साथ जिउने अवस्था ल्याउन सबैको भुमिका महत्वपुर्ण हुने बताएकी थिइन् । उनले यो यात्रा त्यसैका लागि भएको समेत स्पष्ट पारिन् ।











