दमक/आउदो भदौ १८ गते दमकमा हुने श्रीकृष्ण रथयात्रालाइ भब्यसंगै सौहार्दपुर्ण रुपमा समापन गर्नका लागि स्वयंसेवकहरुको महत्वपुर्ण भुमिका हुनेमा जोड दिइएको छ । यसको जिम्मेवारी दमक जेसिजले लिएको बताईएको छ ।
सोमबार बिहान भएको छलफलमा दमक जेसिज अध्यक्ष चन्द्र खत्रीले स्वयंसेवक चिनिने केहि न केहि पहिचान सहित आफुहरु परिचालित हुने बताए । उनले बिगतको जस्तो गुनासो नआउने वातवरण बनाउन प्रयत्नशिलन हुने पनि जनाए ।
ट्राफिक ब्यवस्थापनको बिषयमा जीबनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतमले जानकारी गराएका थिए । जेसिज तथा दमकका अगुवा युवाहरु भीमराज केसी, गोबिन्दराज कट्टेल, सन्तोष दुलाल लगायतको छलफलमा सहभागिता रहेको थियो ।
श्रीकृष्ण रथयात्रा समितिका अध्यक्ष मानबहादुर बुढाथोकी, सचिब प्रेम भट्टराइ, प्रचार बिभाग प्रमुख लिला गुरागाइ लगायले अहिलेसम्मको तयारी र स्वयंसेवकहरुको भुमिकाका बिषयमा बोलेका थिए ।











