प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताएका छन् ।

सोमबार विहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलमा उक्त घटनालाई त्राशदीपूर्ण भन्दै ओलीले हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन् र प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि परिचालन गरिएको जानकारी दिए । घटनालगत्तै भएको प्रहरी अनुसन्धान प्रति शंका रहेको उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको हामीले पाएका छौ,’ उनले भने, त्यसैकारणे सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको हो । मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी राख्ने छैनौ ।’