उदयपुर । उदयपुरमा जङ्गली हात्तीको अहिले बिगबिगी बढेको छ । दुई हप्ता यता जङ्गली हात्तीले स्थानीयबासीको घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार राति चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका चार घर हात्तीले भत्काएका छन् । जङ्गली हात्तीले भोलाप्रसाद चौधरी, रामजी विष्ट, रविन्द्र बास्तोलाको घर भत्काएका छन् । हात्तीले सुरेश ढकालको कुखुरा फर्म भत्काउनुको साथै सुन्दरपुर शिव माध्यमिक विद्यालयको कम्पाउन्ड वाल समेत भत्काएका छन् ।
चौधरीको घर भत्काएर घरमा रहेको ५० केजी चामल र ५० केजी मकै खाएको उनीहरूको ने घरमा समेत क्षति पुर्याएको छ । । घरमा क्षति पुर्याएपनि मानवीय क्षति नभएका इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज परमेश्वर ठाकुरले बताए ।
दुई हप्तादेखि रातीको समयमा जङ्गली हात्तीले बस्तीमा पसेर दुःख दिने गरेको स्थानीयको भनाई छ । । गत साउन ३० गते बेलका नगरपालिका–३ खैरेनी टप्पुमा हात्तीको आक्रमणबाट ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको थियो ।
बेलका नगरपालिकाका केही बडाहरू कोसी टप्पु वन्यजन्तु आरक्ष केन्द्रको सिमानामा पर्दछ ।










