संस्थालाइ पुरस्कृत गरेकोमा सवालनेपाल डिजिटल पत्रिकाका अध्यक्ष एवं सञ्चालक केदारबाबु पौड्यालले सहकारीलाइ धन्वाद दिएकाछन् । यसले थप जिम्मेवारीका साथ काम गर्न हौसला बढेको उनले बताए ।

दमक/सवालनेपाल डिजिटल पत्रिका सहकारी पुरुस्कारबाट पुरस्कृत भएको छ । मेची सहकारी संस्थाले मंगलवार एक कार्यक्रमबीच मेची सहकारी उत्कृष्ठ सञ्चार गृह पत्रकारिता पुरुस्कारबाट सवालनेपाललाइ पुरुस्कृत गरेको हो ।

प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाम्फे, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बढाल, साँसद अर्जुन राइ, राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोखरेलले उक्त पुरुस्कार प्रदान गरेका थिए । सम्पादक बिष्णुप्रसाद पोखरेलले पुरुस्कार ग्रहण गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थालाइ पुरस्कृत गरेकोमा सवालनेपाल डिजिटल पत्रिकाका अध्यक्ष एवं सञ्चालक केदारबाबु पौड्यालले सहकारीलाइ धन्वाद दिएकाछन् । यसले थप जिम्मेवारीका साथ काम गर्न हौसला बढेको उनले बताए । मेची सहकारी संस्थाले प्रत्येक बर्ष सहकारी एवं आर्थिक क्षेत्रमा बर्षभरी उत्कृष्ठ काम गर्ने सञ्चारमाध्यमलाइ पुरस्कृत गर्दै आएको छ ।

यसैबीच स्व.गणेशमान बस्नेत सहकारी अभियान्ता पुरुस्कार सहकारी आन्दोलनका अगुवा केशव बढाल, स्व.गणेशमान बस्नेत पत्रकारिता पुरुस्कार राससका बिष्णु सुब्बा र मेची सहकारी पत्रकारिता पुरुस्कारबाट कान्तिपुर दैनिकका दमक समचारदाता अर्जुन राजबशी पुरुस्कृत भएका थिए ।