दमक/संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले देशैभरि महिलामाथि भईरहेका सवै खाले हिंसाजन्य अपराध रोक्न सहकारी क्षेत्रको पनि महत्वपुर्ण भुमिका हुने बताएकीछन् । उनले यसका लागि समुदाय जागरुक हुनुपर्ने र यसको अगुवाइ सहकारीले गर्नु पर्ने बताएकीहुन् ।

मंगलवार झापाको दमकमा मेची सहकारी संस्थाको २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाको उ्दघाटन गर्दे उपसभामुख डा. तुम्बाहाम्फेले भनिन्, तपाईहरु महिला हिँसा रोक्नका लागि आजैबाट लाग्नुहोस्, यसको अगुवाइ तपाइहरुले गर्नुपर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिलामाथिका सवै खाले हिंसा रोक्न कानुन मात्र सक्षम नहुने भन्दै उनले त्यस्ता हिंसाका घटना हुन नदिन समाजको परिवारसंगै विभिन्न किसिमका अभियान समेत सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोख्रेल, सदस्य सरिता भट्टराई, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतले सहकारी विषयमा बोलेका थिए ।

सो अवसरमा उपसभामुख तुम्बाहाम्फेले संस्थाको दमक–४ मा निर्माण हुन लागेको पाँच तले भवनको समेत शिलान्यास गरिन । उनले डिजीटल श्रव्यदृष्यमार्फत भवनको शिलान्यास गरेकी थिईन ।

सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा बिभिन्न ब्याक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।