काठमाडौं । राष्ट्रियसभाको ४ वटा बिषयगत समिति मध्ये ३ वटाको सभापति निर्विरोध हुने भएको छ । समितिको सभापतिको लागि ३ जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध पक्कापक्की भएको हो ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङले मात्र उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापाले नाम दर्ता गराउनु भएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीको मात्र उम्मेदवारी परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँहरु तीनै जना नेपाल कम्युनिष्ट पार्टी पक्षधर हुनुहुन्छ । दीगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

राष्ट्रियसभाककाे ३ वटा बिषयगत समितिमा सभापतिकाे लागि निर्धारित समयमा १, १ जनाले मात्रै नाम दर्ता गराएको सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो । विषयगत समितिका सभापतिको निर्वाचन बुधबार हुँदैछ । जनता समाचार बाट